शान्ति समाज रुपन्देहीद्वारा अपाङ्गता दिवसमा दृष्टिबिहीन तथा अनाथ आश्रममा सहयोग

शान्ति समाज रुपन्देहीद्वारा अपाङ्गता दिवसमा दृष्टिबिहीन तथा अनाथ आश्रममा सहयोग

बुटवल।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अबसरमा बुटवल १५ मा रहेको आश्रममा सेतो छडी तथा खाद्यान्न बितरण गरेको छ ।
बिहिबार एक कार्यक्रमका बिच बुटवल १५ मा उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहीन तथा अनाथ आश्रममा सो सामग्री हस्तान्तरण गरिएको हो । जिल्ला सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले फरक क्षमता भएका ब्याक्तिहरुलाइ माया,सम्मान र अवसरको खाँचो रहेको भन्दै उनिहरुको उचित ब्यबस्थापनबाट नेपालका ३ वटै सरकार पन्छिएको आरोप लगाउनुभयो।
उहाले अपाङ्गहरुको चौतर्फी बिकासको पुर्ण जिम्मेवारी राज्यको दायित्व भएको भन्दै यस विषयमा सरकार उदासिन भएको बताउनुभयो । सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनीले समाजसेवानै प्रमुख धर्म भएको बताउनुभयो।
कार्यक्रममा आश्रमका फरक क्षमता भएका ५ जनालाइ सेतो छडी साथै दैनिक उपभोग्य सामाग्री दाल,तरकारी, चामल लगायतका खाद्यान्न हस्तान्तरण गरिएको रुपन्देही सभापति डीपी खनालले बताउनुभयो ।
२९ जना आश्रित सो आश्रम संचालनका लागि मासिक ६ हजार भाडा तिर्नुपरेको लुम्बिनी अपाङ्ग दृश्टिबिहीन तथा अनाथ आश्रमका अध्यक्ष मिराकुमारी खड्काले दुखेसो गर्नुभयो।
कार्यक्रमको संचालन मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सहसचिब कपिल ज्ञवालीले गर्नुभएका थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij