नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु

काठमाण्डौै
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्यहरुको सहभागितामा सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने बताइएको छ । बैठक शुरु हुनु अघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पनि भएको थियो । २५ दिन लामो संवादहीनता तोड्दै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षले भेटवार्ता गरेका हुन् ।
गएको कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारमा रहेको आफ्नो निवासमा वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।

.=

प्रकाशित मिति : शनिबार, मंसिर २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij