काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविनै स्थायी कमिटी बैठक शुरु भएको छ ।
निर्धारित समयभन्दा ३० मिनेटपछि सम्म ओलीलाई पर्खिए पनि उनी नआएपछि बैठक शुरु भएको हो । बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी भएका छन् ।
स्थायी कमिटी बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।
आजको स्थायी कमिटीमा दुवै अध्यक्षको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्