नेपालमा मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै सङ्क्रमितको संख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १२ हजार छ सय ८६ रहेको छ ।
यसैगरी आज थप एक हजार छ सय २१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार छ सय ३७ पुगेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्