काठमाडौं – साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता घोषणा गरिंदैछ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एकता घोषणा सभा आज दिउँसो ३ः३० बजे हुने जानकारी गराएका छन् ।
यस क्रममा उनले विगतमा भएका गल्तीप्रति माफी समेत मागेका छन् । ‘हामी एक हुँदैछौं,’ मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौं ।’ सबैको साथ र सहयोगले विवेकशील साझा पार्टीलाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउने दाबी उनले गरेका छन् ।
‘हामी केवल ‘अस्तित्व’ मा रहन होइन, ‘नेतृत्व’ मा पुगेर यो देशमा सुशासन, समृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी हौं । एकताका लागि प्रेरित र सहयोग गर्ने सबैप्रति आभारी छौं,’ उनले भनेका छन् । कार्यक्रम दुवै पार्टी, आफ्नो र कैयौं नेताका फेसबुक पेजबाट लाइभ प्रसारण हुने जानकारी पनि मिश्रले दिएका छन् ।
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्