काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ । शुक्रबार थप एक हजार ४४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
सात हजार चार सय १४ जनाकाे नमुना परीक्षण गर्दा एक हजार ४४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार दुई सय ७१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या दुई लाख ३२ हजार आठ सय ७२ पुगेको छ ।
अब नेपालमा १२ हजार एक सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय १९ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ११ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ७४ पुगेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्