एजेन्सी – विश्वव्यापी कोरोना संक्रमणबाट छिमेकी मुलुक भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा मात्रै कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेको छ ।
२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख २६ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख २१ हजार २४९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३९६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ६१८ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्