दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब ७६ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब ७६ करोडको कारोबार

काठमाडौं

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ। बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेर बजार बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.७० बिन्दुले ओरालो लागेर २०३२.५१ मा ओर्लेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०४ बिन्दुले घटेर ३८५.९४ मा पुगेको छ। कूल १९५ कम्पनीको एक करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर रु ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बराबरको कारोबार भयो।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार लघुवित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ। सो उपसमूह भने ९.२८ ले उकालो लागेको हो । त्यस्तै, बैंकिङ ११.४, व्यापार ५८.०१, होटल ३२.०६, विकास बैंक १६.६८, जलविद्युत् २७.३६, वित्त ८.३९, निर्जीवन बीमा १३५.५९, उत्पादन ३५.१, अन्य ३२.४५, जीवन बीमा २७४.२७ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले ओरालो लागेको छ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ८० करोड २५ लाख ८३ हजार ६५ बराबरको कारोबार भयो।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५५ करोड ४० लाख ३३ हजार ४१८, नेपाल बैंक लिमिटेड ३७ करोड ८७ लाख ६५ हजार ७४३, नागरिक लगानी कोष २६ करोड १७ लाख ३५ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्स २४ करोड ५३ लाख १८ हजार ३४९, एनआइसी एशिया बैंक २३ करोड ८६ लाख ११ हजार १६४, शिखर इन्स्योरेन्स कम्पनी १६ करोड ९१ लाख १२ हजार ९२८ र हिमालयन डिस्टिलरी १६ करोड ७५ लाख १८ हजार ७१७ बराबरको कारोबार भई शीर्ष स्थानमा छन्।

कारोबार भएका कूल कम्पनीहरुमध्ये ४५ कम्पनीको शेयर उकालो लाग्दा ११७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै ११ कम्पनीको भने कुनै परिवर्तन भएन।

कारोबारका आधारमा माहुली सामुदायिक लघुवित्त ९.९३, माउण्टेन इनर्जी ९.७९, छ्याङदी हाइड्रोपावर ९.६६, सारथी नेपाल लघुवित्त ६.२२, आरएमडिसी ५.८८, सूर्योदय लघुवित्त ५.३८, मिर्मिरे माइक्रोफाइनान्स ४.७१, सिटिजन इन्भेस्टमेन्ट बैंक ४.६८ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ४.५२ प्रतिशतले कमाएका छन्।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंक ७.५१, नेपाल बैंक लिमिटेड ६.२५, खानीखोला हाइड्रोपावर ५.९३, नेपाल पुनरबीमा कम्पनी ५.८१, माथिल्लो तामाकोशी ४.९८, ओरियन्टल होटल ४.११, एनसिसी बैंक ४ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाएका छन्। रासस

प्रकाशित मिति : बिहिबार, पुष २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij