काँग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

काँग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवनमा बिहान १०ः३० बजे बस्ने बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि अप्ठेरो परेपछि सरकारले मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । यसअघि बसेको पदाधिकारी बैठकले पनि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो ।

उक्त कदमको सत्तारुढ दलभित्रै व्यापक विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने जनाइसकेका छन् । यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।

प्रकाशित मिति : शुक्रबार, पुष ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij