गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त

गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त

 

काठमाण्डाै – गएको २४ घण्टामा एक हजार ९७ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ४३ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा ४ हजार ६ सय २० जनाको पीसीआर परीक्षण गरिएकाेमा ५ सय ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । गएकाे २४ घण्टामा काठमाण्डौमा एक सय ७९, भक्तपुरमा २६ र ललितपुरमा ३३ जना सङ्क्रमित थपिएका छन् । नेपालमा अहिलेसम्म दुई लाख ५३ हजार ७ सय ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै, गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ८८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको संख्या ८ हजार ३ सय २० रहेको छ ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij