लायन्स ईन्टरनेशनल द्वारा अग्रज सम्मान, अवार्ड वितरण तथा एरिया ४ को प्रमथ सम्मेलन

लायन्स ईन्टरनेशनल द्वारा अग्रज सम्मान, अवार्ड वितरण तथा एरिया ४ को प्रमथ सम्मेलन

 बुटवल-लायन्स ईन्टरनेशनल ३२५ वि २ एरिया ४ को आयोजनामा प्रथम एरिया सम्मेलन तथा अवार्ड वितरण कार्यक्रम शनिबार लायन्सका अग्रज हरुलाई सम्मान गरेको छ । विभिन्न शिर्षकका वितरण गरिएको ५ वटा जिल्ला पाल्पा, सुस्ता पुर्व नवलपरासी, सुस्ता पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु गरी १ सय ३० वटा क्लवहरु मध्येबाट यस बर्ष सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गरेका लायन्स हरुलाई अवार्डद्वारा सम्मान गरिएको हो ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा २५ बर्ष लामो समय देखि सेवा गरे बापत डिष्ट्रकले दिर्घ सेवा सम्मान बाट पुर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङ्ग, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टाई, समाजसेवी नारायण अग्रवाल, सिद्धार्थ वाणिज्य संघका पुर्व अध्यक्ष ओमकार गौचन, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, सुनवल नगरपालिकाका प्रमुख भरत थापा, लेक बहादुर कार्की, दिपक क्षेत्र न्यौपाने, लायन्स इन्टरनेश्नल डिष्ट्रक ३२५ बि २ स्ट्राटेजिक चिफ एडभाईजर नवराज न्यौपाने लाई ईन्टरनेशनल पिनद्वारा सम्मान गरियो । कोभिडको बेलामा निजी साधानबाट सेवा प्रदान गर्ने मंगल भण्डारी र शान्ता गैरे लाई अन्तराष्ट्रिय लायन्स पिनबाट सम्मानित गरिएको हो ।

डिष्ट्रिक गर्भनर शुम्भु नर्कमी, फष्ट भिडिजी, राम प्रसाद भट्ट, सेकेण्ड भिडिजी सि.बी चन्द ले सम्मान गरेका थिए । एरिया ४ ले नयाँ सदस्य तथा पुराना सदस्यहरुलाई डिष्ट्रिक लेवलबाट निकट भविश्यमा नै तालिम सञ्चालन गर्ने र सामाजिक क्षेत्रमा थप सामाजिक सेवा के–कसरी गर्ने भन्ने विषयमा समेत एरिया ४ को छलफल गरेको थियो ।
एरिया ४ मा यो बर्ष १ हजार २ साय २७ जना नयाँ सदस्य थप भएका छन् भने नयाँ र पुराना ५ हजार भन्दा बढि सदस्यहरु रहेका छन् । ७ वटा एरिया मध्येबाट उत्कृष्ठ एरिया ४ भएकोमा एरिया चिफलाई कार्यालय सञ्चालनको लागि एक सेट कम्पुटर, एक थान प्रिन्टर समेत डिष्ट्रिक गर्भनर शम्भु नकर्मी द्वारा एरिया चिफ सन्दिप कसौधन प्रदान गरेका थियो ।
एरिया चिफ सन्दीपक कसौधन को अध्यक्षता तथा लायन्स क्लव बुटवल स्टार्सले कार्यक्रम आयोजना गरेको थियो । जुन कार्यक्रमको संयोजक पुर्व अध्यक्ष तथा रिजन चियर पर्सन आशिषकृष्ण श्रेष्ठले गरेका थिए ।
एरिया ४ का सचिव नेहा अग्रवालको सञ्चालन, लायन्स स्टार्सका अध्यक्ष शुसिल पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।

 

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij