प्रधानमन्त्रीले आफू समर्थक सांसदलाई बोलाए बालुवाटार

प्रधानमन्त्रीले आफू समर्थक सांसदलाई बोलाए बालुवाटार

‘ओलीइतर समूहका सांसदहरुको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बस्दै’

काठमाडौं – प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू समर्थक सांसदहरूलाई बालुवाटार बोलाएका छन् । विघटनपछि बदलिएको राष्ट्रिय परिस्थितिको मूल्यांकन गर्दै आगामी रणनीति तयार गर्न ओलीले आफू पक्षधर सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले बिहान ९ बजे आफू पक्षधर सांसदहरुलाई बोलाए । बालुवाटारले बोलाएको सूचना प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले सबै सांसदलाई आइतबार साँझ एसएमएसमार्फत पठाएका थिए । प्रधानमन्त्रीले आइतबार साँझ नै आफूनिकट शीर्ष सांसद र नेताहरूसँग भने छलफल गरेका थिए ।

यस्तै ओलीइतर समूहले पनि बोलायो सांसद्हरुलाई बोलाएको छ । नेकपाको स्थायी कमिटी बैठकले आज संसद् भवन, नयाँ बानेश्वरमा पार्टीका सांसदहरूको बैठक आह्वान गरेको हो । सांसदहरूको बैठकलगत्तै अपराह्न ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

प्रकाशित मिति : सोमबार, पुष ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij