बालुवाटारमा ओलीको ब्रिफिङ्ग–‘पार्टीभित्र शक्ति आर्जन मात्रै गर्न खोजेपछि संसद विघटन गर्नुपर्‍यो’

बालुवाटारमा ओलीको ब्रिफिङ्ग–‘पार्टीभित्र शक्ति आर्जन मात्रै गर्न खोजेपछि संसद विघटन गर्नुपर्‍यो’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रै प्रतिपक्ष जन्मिएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको ब्रिफिङ्ग गरेका छन् ।

सोमबार आफू निकटका सांसदहरुसँगको भेलाका क्रममा ब्रिफिङ्ग गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसैगरी ओलीले पार्टीभित्र शक्ति आर्जन मात्रै गर्न खोजेको, सधैं असहयोग गरेकोलगायतका समस्याका कारण पनि प्रतिनिधि सभा भङ्ग गर्नुपरेको बताएका थिए ।

आफ्नो कदमको बचाऊ गर्दै प्रस्तुत भएका ओलीले सबै नियुक्तमा भागबण्डा खोजेकोसमेत बताएका थिए ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले भेलामा विशेष सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : सोमबार, पुष ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij