पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको अधिवेशन

पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको अधिवेशन

बुटवल। पाल्पा माथागढी रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिका बनबाटिकामा सम्पन्न कार्यक्रममा समाजको नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य रमा अर्यालले बोल्दै समाजले सकारात्मक कार्य गर्दै नयाँ उदाहरण निर्माणकको भूमिकाको रुपमा कार्य गर्नु आवश्यक रहेको बताईन् । यस्तै पाल्पाको माथागडि गाउँपालिका अध्यक्ष सन्तोष थापाले बोल्दै समग्र गाउँपालिकको बिकासको लागि सम्पर्क समाजको भूमिका महत्वपूर्ण हुने बताए ।

समाजको नवनिर्वाचित समितिको अध्यक्षमा ईन्द्र प्रसाद भट्टराई, उपाध्यक्षमा ध्रुव प्रसाद कोईराला, सचिवमा राजन नेपाल, कोषाध्यक्षमा डिएस भट्टराई, सह–सचिव मनोज अर्याल लगायत १३ सदस्यहरु निर्वाचित भएका हुन् ।

राजेन्द्र जिसिले कार्यक्रमकाे बारेमा प्रकाश पारेकाे थिए ।

ध्रुव प्रसाद कोईरालाको स्वागत मन्तब्य तथा ईन्द्र प्रसाद भट्टराईको अध्यक्षता तथा राजेन्द्र नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij