बुटवल –राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।
गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पपोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताउनु भयो । पोशाक वितरण समारोहमा वोल्ने वक्ताहरुले अनाथ तथा असहाय वालवालिकाको भाषामा परिवर्तन गर्न माग गरेका छन ।
परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरि भाषा प्रयोग गर्दा हिनतावोध हुने भएकाले आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्त गर्न सुझाव दिएका छन ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफको आशा गर्न नहुने धारणा राख्नु भयो । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय रुपैयां नगद, दया भण्डारीले २१ सय नगद र राजविर जैसवालले ९ जोर जुत्ता प्रदान गर्नु भएको थियो ।
कार्यक्रmमा महिला अभियान्ता रीता सेन वली सौगात सायर भगवती पंन्थी दोमोदर वस्याल आश्रमकी अध्यक्ष मैनादेवि भट्रराई लगाएतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्त्रता दिन माग गर्नु भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्