बुटवल।
नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले सर्वोच्च अदालतले संवैधानिक र जनमतको आधारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।
आइतबार रूपन्देहीको तिलोत्तमामा पत्रकारहरूसँग कुरा गर्दै भुसालले संबैधानिक आधारबिना र जनमतको अपमान हुनेगरी गरिएको संसद बिघटनको निर्णय सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका हुन् ।
नेकपा प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन गर्न रुपन्देही आएका निवर्तमान कृषि मन्त्री भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक सत्यनासतिर जाने बताए ।
प्रचलित कानून, जनमत र मुलुकको बिशिष्ठ परिस्थितीलाई मध्यनजर गरी अदालतले संसद पुनर्स्थापना गर्ने उनको विश्सास छ ।
अफ्रिकाका केही मुलुकमाबाहेक विश्वका अरू मुलुकमा जनमत र संविधानको पालना हुने गरेको भन्दै भुसालले त्यसैअनुसार हामीकहाँ पनि संविधान र जनमतको कदर हुनेमा आफु विश्वस्त रहेको बताए ।
संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने उनको तर्क थियो ।
सरकारको दबाबमा अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे जनताले पुनर्स्थापना गर्ने उनले बताए ।
आफुहरू अझैपनि पार्टी एकता मुलुकको स्थायित्वको पक्षामा रहेको भन्दै उनले मुलुकलाई अस्थीरतातर्फ जानबाट रोक्न र पार्टीलाई बचाईराख्न खबरदारी थालेको दाबी गरे ।
प्रकाशित मिति : आइतबार, पुष १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्