JanataToday.com

Advertisment

SKIP THIS

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्कीको टिम विजयी

प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगितामा नवलपुरका सापकोटा र कार्कीको टिम विजयी

 

बुटवल -वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधी पुर्वी नवलपरासीको नवलपुरका कृष्ण प्रसाद सापकोटा र महेन्द्र कार्कीको टिमले जितेको छ ।

विजेता भएसंगै टिमले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन । उनिहरुले रुपन्देहीको बुटवल ब्याटमिन्टन क्लवका लालमणी पन्थी र नारायण तिवारीलाई सोझो सेटमा हराउदै विजेता बनेका हुन ।

उपविजेता रुपन्देहीको टिमले ३३ हजार ३३३ नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन ।प्रतियोगितामा तेस्रो स्थानमा मणिग्रामका पदम थापा र थमन राना तथा तामनगर ब्याटमिन्टन क्लवका रेशम थापा र मनशुन थापाको टिम विजयी भएका हुन । उनिहरुले ११ हजार १११ रुपैयां नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन ।प्रतियोगितामा उत्कृष्ठ खेलाडी अपिन श्रीपाली र अनुसाशित मा वालधर गोदार चयन भै पुरस्कार प्राप्त गरेको प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो ।प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई लुम्बिनी प्रदेश प्रहरी तालिमकेन्द्रका समादेशक तथा प्रहरी वरिष्ठ उपरिक्षक रामदत्त जोशी र दङा प्रहरी नियन्त्रण गणका प्रमुख तथा प्रहरी उपरिक्षक विकास खनालले पुरस्कार तथा शिल्ड प्रदानगर्नु भएको थियो ।

प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक संस्थाका सल्लाहकार पदम केसीले बताउनु भयो । बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।

 

 

प्रकाशित मिति : आइतबार, पुष १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij