बुटवल-कोभिड महामारी अघि हप्तामा ३-४ वटा फिल्म घोषणा हुन्थ्यो । फिल्मी गस्सिपले अरु क्षेत्र पनि तात्थ्यो । तर अहिले कोरोना महामारीले सब भन्दा थलिएको मध्येमा फिल्म क्षेत्र पनि पर्छ । तर बिस्तारै फिल्म क्षेत्र पनि उठ्दैछ । एकाध फिल्म सुट भैराखेकै पनि छन । यस्तैमा भाँडाकुटी फिल्मको घोषणा भएको थियो कार्तिक १ गते दशैं घटस्थापनाको दिनमा । उक्त फिल्मको मुख्य कलाकारमा बेनिशा हमाल र मुकुन भुसालले साइन गरि सकेका छन । तर उक्त फिल्मका लागि थप दुइ हिरोइन चाहिने भन्दै खोजि सुरु भएको छ । बुटवलमा सुट हुने फिल्मको लागि बुटवल र बुटवल वरपर बाट लोकल कलाकार खोज्ने भन्दै टिम त्यस तर्फ जान लागेको बुझिएको छ । फिल्म निर्माण टिमका एक सदस्य अनुसार ‘डिरेक्टरलाइ अहिले थुप्रै मोडेलहरु बाट एप्रोचहरु आइरहेको छ तर उहाँ युनिक फेसको खोजीमा हुनुहुन्छ , अहिले सम्म चित्त बुझ्दो फेस नआएको हुन सक्छ’ । फिल्मको टिमले यस अघि नै बुटवलमा सुट हुने ठाउँहरु भ्रमण गरिसकेको छ । साथै बुटवलका विभिन्न क्षेत्रका स्थापित व्यक्तित्व संग पनि हल्का रमाइलो साँझ आयोजना गरेको थियो । फिल्मको सुट फागुन १ गते देखि सुरु हुने बताइएको छ । फिल्मको बजेट १ करोड प्लस हुने बताइएको छ । फिल्ममा ३ वटा कथा छ भनिएको छ । फिल्मको मुख्य कथा अन्तरजातीय दलित प्रेम कथा हो । फिल्ममा कलम खड्का , सितल खड्का , रिता परियार , डिराज ठकुरी निर्माता छन ।
प्रकाशित मिति : सोमबार, पुष १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्