बुटवल ।
बुटवलमा स्थापित चौतारी रिडर्स क्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोध गरेको छ । क्लबले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको कदमले संविधानको मर्ममाथि प्रहार गर्दै जनताको अभिमतमाथि गंभीर कुठाराघात गरेको तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यतामाथि नै अतिक्रमण गरेको जनाएको छ ।
प्रधानमन्त्रीको कदमले मुलुकमा राजनीतिक संकट उत्पन्न भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ – ‘देशमा राजनीतिक अस्थिरताको श्रृखंलाको शुरुवात गर्दै आम जनजीवनमा नकारात्मक असर पार्ने र सामजिक आर्थिक प्रगति अवरुद्ध भै जनतामा निराशा छाउने स्पष्ट संकेतहरु देखिसकिएका छन । नेपालको राजनीतिक इतिहासमा यो घटना एउटा पश्चगामी कदमको रुपमा दर्ज हुने निश्चित भएको हाम्रो ठहर छ।’
त्यसैगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षामा लगानी वृद्धि गर्दै संविधानको मर्मअनुरुप सार्वजानिक हितको प्रबर्धन र समाजबादी अर्थ–राजनीतिका मुद्धाहरुमा परिणाममुखी पहलकदमी लिनुपर्नेमा सरकार गलत बाटोतिर अग्रसर भएको ठहर गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि देशभरि भएका नागरिक आन्दोलनका कार्यक्रमहरुमा ऐक्यबद्धता रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा क्वलबका संयोजक कुलप्रसाद शर्मा तथा सदस्यहरु अर्जुन गिरी, मनिकर कार्की, नर सुनार, रामचन्द्र श्रेष्ठ, अच्चूत गौतम, प्रेम बहादुर अर्याल, अंमरनाथ पाठक, छन्द पन्थी, सुजन मानन्धर, बिमल गिरी, विपिन पौडेल, कृष्ण पाण्डे, नविन तिवारी, सन्तोष भुसाललगायतको हस्ताक्षर रहेको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्