अस्पतालभित्रै आत्महत्या !

अस्पतालभित्रै आत्महत्या !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए ।

बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका व्यक्ति हुन् ।

रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij