बुटवल –रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा वढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई एक समारोहका विच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टि प्रवेश गराएका हुन् । स्थानिय वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताए । उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अव जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे । सो क्षेत्रका जनप्रतिनिधी समे त रहेका शाहले अव नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे । सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वस्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए । कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अव सरकारमा वसिरहन कुनै नैतिक र संवेधानिक अधिकार नरहेको बताए । सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वसिउल्लाह मुसलवान, जिल्ला सदस्य देविराम रेग्मी, डोल व थापा, राम वहादुर थापा, देवीलाल पौडेल लगायतले बोलेको थिए । सो क्षेत्रमा यस अघि पनि सयौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित मिति : आइतबार, पुष १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्