दाहाललाई ओलीको आग्रह–‘पार्टीमा आउनुस्, तपाईँका अपराधलाई क्षमा गर्छु’

दाहाललाई ओलीको आग्रह–‘पार्टीमा आउनुस्, तपाईँका अपराधलाई क्षमा गर्छु’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिह्न आफूहरुले पाउनेमा ढुक्क रहन आफू निकटका नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । आइतबार अनेरास्ववियुद्वारा आयोजित बृहत् कार्यकर्ता भेलालाई कार्की बैङ्क्वेट बबरमहलबाट सम्बोधन गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् ।

कपितय नेताहरुलाई सूर्य चिह्न पाइँदैन कि भनेर पिर लाग्न थालेको उल्लेख गर्दै ओलीले सूर्य चिह्न आफूहरुले नै पाउनेमा ढुक्क रहन आग्रह गरेका हुन् । ‘कतिपय साथीहरुलाई सूर्य चिह्न पाइँदैन कि भनेर पिर लागेको छ । मलाई थाहा छ । तर, त्यस्तो होइन, साथीहरु । सूर्य चिह्न हामीले नै पाउँछौँ’, ओलीले सम्बोधनको क्रममा भने, ‘हामीले नै नपाएर कसले पाउँछ ?’

यस्तै ओलीले कतिपय नेताहरुले पार्टी कमिटीहरुको बैठकलाई छोडेर बरालिएको बताएका छन् । ओलीले भने, ‘अस्ति केही साथीहरुले बालुवाटारमा राखिएको पार्टी बैठकलाई छोडेर यहीँ बैङ्क्वेटमा आएर हामी बहुमत छौँ भनेर भन्नुभएछ । मैले बुझेको छैन नि, उहाँहरुको बहुमत कसरी भयो ?’

ओलीले एकीकृत नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः पार्टीमा आउन आग्रहसमेत गरे । ‘पहिले जे–जस्तो गर्नुभयो । भइहाल्यो । अब पुनः पार्टीमा आउनुस् । पार्टी बैठकहरुमा आउनुस् । तपाईँले गरेको अपराधहरुलाई क्षमा गर्दिन्छु । मैले कार्यकारी मात्रै हटाएको हुँ । अध्यक्ष कायमै छ । वरिष्ठ नेताहरुको ठाउँ छँदैछ । प्रवक्ता मात्रै हटाएको हुँ, सचिवालय सदस्य छँदैछ । आफ्नै साथीहरुले गरेको अपराधलाई अलिकति त क्षमा पनि गर्नुपर्छ ।’

प्रकाशित मिति : आइतबार, पुष १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij