काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । आइतबार पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलले पार्टीभित्रको विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप गृहकार्य गर्ने स्थायी कमिटी सदस्य मातृका यादवले मकालु खबरलाई जानकारी दिए । ‘अध्यक्ष कमरेड माधव नेपालको संयोजकत्वमा कार्यदल गठन भएको छ । मूलतः त्यसले पार्टीभित्रको जिम्मेवारीलाई नै केन्द्रमा राखे काम गर्नेछ’, पूर्वमन्त्रीसमेत रहेका कमिटी सदस्य यादवले भनेका छ्न ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि अघोषित रुपमा विभाजन भएको नेकपाले अहिले छुट्टाछुट्टै पार्टी कमिटीहरुको बैठक बोलाइरहेको छ ।
प्रकाशित मिति : आइतबार, पुष १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्