काठमाडौं
नेपालमा बिहीबार थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५ हजार १ सय ३२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय १२ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना काेराेना संक्रमित उपचारपछि निकाे भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ५६ हजार ६ सय ४४ जना काेराेना संक्रमित निकाे भएको मन्त्रालयले जनाएको छ।
बिहीबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्