JanataToday.com

Advertisment

SKIP THIS

माघ १ देखि एक बैंकको एटिम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

माघ १ देखि एक बैंकको एटिम कार्ड अर्को बैंकमा प्रयोग गर्दा शुल्क लाग्ने

काठमाण्डौँ ।
आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

कोरोनाको असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकहरुले नै निशुल्क गरेका थिए।

पछि राष्ट्र बैंकले निर्देशन नै जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन नपाउने व्यवस्था गरेको थियो।

आज निर्देशन जारी गर्दै शुल्कको अधिकतम सीमा प्रतिकारोबार २० रुपैयाँ समेत राष्ट्र बैंकले तोकिदिएको हो। यसअघि अधिकतम शुल्क तोकिएको थिएन।

त्यस्तै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ जस्ता विद्युतीय बैंकिङ सेवा वापतको शुल्कबारे ग्राहकलाई जानकारी गराएर मात्रै लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित मिति : बिहिबार, पुष २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij