काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध देशभरबाट विरोधपत्र बुझाउँदै छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको समूहले दोस्रो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालयमार्फत् विरोधपत्र बुझाउन लागेको हो ।
विरोधपत्रमा राष्ट्रका नाममा क्षमा मागी गलत काम सच्याउन अनुरोध गरिएको छ । दाहाल नेपाल समूह निकट विद्यार्थीले पनि सबै पशासन कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको एक नेताले बताए ।
ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि दाहाल–नेपाल समूह देशव्यापी सडक आन्दोलनमा निस्केको छ भने ओली पनि देशदौडाहामै छन् । यसअन्तर्गत ओली आज धनगढी जाँदैछन् ।
प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्