प्रधानमन्त्रीविरुद्ध ललितपुरमा बयलगाडा प्रदर्शन

प्रधानमन्त्रीविरुद्ध ललितपुरमा बयलगाडा प्रदर्शन

काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका अनेरास्ववियूमा आबद्ध विद्यार्थी समूहले बयलगाडा प्रदर्शन गरेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसकाे विराेधमा सडक संघर्षमा उत्रिएकाे माधव-प्रचण्ड समूहले विराेधकै निरन्तरता स्वरूप आज (आइतबार) ललितपुरस्थित पाटन क्याम्पस अगाडि बयलगाडा प्रदर्शन गरेकाे हाे ।

प्रम ओलीले संसद विघटन गरेर जनतामाथि घात गरेको उनीहरूकाे आरोप छ ।

अनेरास्ववियूले ओलीकाे विराेधमा भक्तपुर र काठमाडाैंमा पनि बयलगाडा प्रदर्शन गर्दैछ ।

भाेलि पनि प्रदर्शन गर्ने अनेरास्ववियूले घाेषणा गरिसकेकाे छ । भाेलि प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, पुष २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij