काठमाडौं – राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
आइतबारकाे बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार राती १२ बजेदेखि अन्त्य गर्ने सम्बन्धि पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।
यसअघि, विहान बसेको मन्त्रीपरिषद बैठकले आजै मध्यरातीदेखि लागू हुने गरि राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
पुस १७ गते शुरु भएको हिउँदे अधिवेशनमा आजसम्म ४ वटा बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको १२ दिनपछि पुस १७ गते शुरु भएको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्