काठमाडौं – संसद् विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
विभिन्न सांस्कृतिक पहिरनमा उपस्थित भएका विवेकशीलहरुले संसद् [प्रतिनिधि सभा] पुनर्स्थापनाको शान्तिपूर्ण माग गरेका छन् ।
उनीहरुले ‘अमर रहोस् लोकतन्त्र, अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ, मात्र सर्वोच्चको आश छ’लगायतका नारा लेखिएको प्लेकार्ड तथा पम्पलेटहरु बोकेका थिए ।
गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले राष्ट्रिय राजनीति सडक केन्द्रित छ ।
प्रकाशित मिति : सोमबार, पुष २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्