काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शुक्रबार जनसंगठनको कार्यालय, पेरिसडाँडामा बसेको दाहाल–नेपाल पक्षीय समितिको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समिति सदस्य भीम रावलले भनेका छन्, ‘यसभन्दा अगाडि पार्टीबाट कारबाही गरिनुभएका केपी शर्मा ओलीजीले हाम्रो पार्टी विधान, उद्देश्य, लक्ष्य तथा कार्यक्रमको विरुद्धमा गतिविधि सञ्चालन गर्नुभएकोले उहाँलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।’
नेता रावलका अनुसार बैठकले महासचिवको पार्टी गतिविधिमाथि पनि प्रश्न उठाएको छ । नेता रावलले भनेका छन्, ‘महासचिवको गतिविधि पार्टीविपरीत हुँदै गएकाले उहाँलाई पनि त्यससम्बन्धमा आवश्यक कारबाही गर्ने निर्णय बैठकले गरेको छ ।’
दाहाल–नेपाल पक्षीय बैठक यसअघि हिजो पनि बैठक बसेको थियो । तर, कुनै पनि निर्णयहरु हुन सकेको थिएन ।
प्रकाशित मिति : शुक्रबार, माघ २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्