संविधान जोगाएर मात्रै चुनावमा जान्छौँ : पौडेल

संविधान जोगाएर मात्रै चुनावमा जान्छौँ : पौडेल

 चितवन -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन राष्ट्रद्रोही कदम भएको बताएका छन् । कांग्रेस भरतपुर महानगर समितिले भरतपुर १९ शारदानगर टाउनमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले बैशाखमा चुनाव नहुने दाबी गरे ।

संसदीय प्रणालीबाट अस्थिरता नआउने गरी ५ वर्ष प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने संविधानमा व्यवस्था गरिएकोमा प्रधानमन्त्री ओलीले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको झगडाले संसद् विघटन गरेर तानाशाह बन्न खोजेको आरोप लगाए ।

उनले चुनाव आइहाल्यो भन्दैमा आत्तिन नहुनेसमेत बताए । संविधान जोगाएर मात्रै चुनावमा जाउँला । उनले भनेका छन्, ‘जनताको मतलाई लात हानेर जनताको कुरा गर्न मिल्छ ?

कांग्रेस नेतृ डिला संग्रौलाले संविधानको चीरहरण भएको बताइन् । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले केपी आोलीले राजनीतिक अपराध गरेको आरोप लगाए ।

प्रकाशित मिति : शनिबार, माघ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij