दीपमा असल अभिभावक अभियान

दीपमा असल अभिभावक अभियान

बुटवल । बुटवल–८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कूलले सञ्चालन गरेको असल अभिभावक अभियान जारी रहेकोे छ ।

आज कक्षा ८ मा अध्ययनरत बालबालिकाहरुका अभिभावकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले विद्यालयका गतिविधिका बारेका जानकारी गराउदै विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अभिभावकहरुलाई जागरुक गराउन यस प्रकारको कार्यक्रम गरिएको उल्लेख गरे ।

कार्यक्रममा प्रशिक्षक दिनेश खड्काले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा श्रृव्य दृश्यसँगै प्रयोगात्मक रुपमा प्रशिक्षण प्रदान गरेका थिए ।

करीव १ सय ३५ जना अभिभावकको सहभागिता रहेको कार्यक्रममा बालबालिकालाई असल बनाउने उपायहरु र अभिभावकले गर्नुपर्ने दायीत्व के–के हुन भन्ने विषयमा जानकारी गराइएको विद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताए ।

सोही अवसरमा अर्धवार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिएको तथा विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाएका तहगत संयोजक कृष्ण भुषालले जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij