प्रचण्ड-नेपालको अपील- ‘देश बचाउन सडकमा निस्किऊँ’ [पूर्णपाठ]

प्रचण्ड-नेपालको अपील- ‘देश बचाउन सडकमा निस्किऊँ’ [पूर्णपाठ]

काठमाडौं – नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा उत्रिन सर्वसाधारणलाई अपील गरेको छ । अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ पेज लामो अपील निकाल्दै यस्तो आग्रह गरेका हुन् ।

प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गर्दै उनीहरुले प्रतिनिधिसभा पुनस्र्थापना नभए देश गम्भीर संकटमा पर्ने दाबी गरेका छन् । ‘यतिवेला अचेत भएको संविधानलाई क्रियाशील बनाउने काम सर्वोच्च अदालतको हो,’ उनीहरुले भनेका छन्, ‘तर, प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनस्र्थापना हुनै नसक्ने भनेर दबाब दिइरहेकाले हामीले सडकमा निस्केर त्यसविरुद्ध खबरदारी गर्नुपरेको छ ।’

प्रधानमन्त्रीको कदमले देशमा क्रमश स्थापित हुँदै गईरहेको स्थीरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार भएकाले यसका विरुद्ध लाग्नु र प्रतिगमन विरोधी आन्दोलनलाई सहयोग गर्नु सबै जागरुक नागरिकको कर्तव्य हुन आउने प्रचण्ड–नेपालको ठहर छ । ‘प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिने छ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनस्र्थापना गर्ने अभियानलाई साथ दिन आम नेपाली समक्ष हाम्रो हार्दिक अनुरोध छ,’ उनीहरूले भनेका छन् ।

हेर्नुहोस् अपीलको पूर्णपाठ :-

 

प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij