नेपाली कांग्रेसका नेता यबम सार्वजनिक सभापति भरत कुमार शाह ले विश्वासको मत लिन नसकेर संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्। संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ६७४३ वटै वडा मा भयको विरोध सभा अन्तर्गत कंचन गाऊपालिका वडा न २ गजेडी मा आयोजित विरोध सभामा बोल्दै शाह ओलीले निर्वाचन नगराउने बताएका हुन्।
उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको समेत बताए। ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’शाहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’
उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधान माथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए। ‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधान अनुसार नै हिठेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिढेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’
ओलीले पार्टी भित्रको व्यवस्थापन गर्न नसक्दा रिस हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफुले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ। ‘उहाँ ‘ओली’ आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यती मुर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भएत उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नी। किन संविधान भन्दा बाहिर गएर कदम चाल्नुभयो त।’
उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार गर्नेमा आफु विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अध्यारो सरुङमा फस्ने शाहको भनाइ थियो।
प्रकाशित मिति : शुक्रबार, माघ ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्