बैसाखमा चुनाव हुनै नसक्ने जसपा अध्यक्ष भट्टराइको दावी

बैसाखमा चुनाव हुनै नसक्ने जसपा अध्यक्ष भट्टराइको दावी

बुटवल-जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बैसाखमा चुनाव हुनै नसक्ने बताएका छन । प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएकाले संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने बताएका हुन ।
संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको भट्टराईको आरोप छ । संसद पुनस्थापना नगरी हुने चुनावबाट कसैको वहुमत नआउने र मुलुक संवैधानिकरुपमै संधैंका लागि अस्थिरतामा फस्ने उनले बताए ।
‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरुले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय,संवैधानिक आयोगहरुमा आफ्ना मान्छे नियुक्त गरेर सबै अंग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद विघटन भएको छ । यसमा राष्ट्रिय अन्तराष्ट्रिय सेटिङ छ’भट्टराइले भने ।
प्रम ओलीले गरेका संसद बिघटनको असंवैधानिक कदमले मुलुक दुर्घटनामा धकेलिएको र विदेशी हस्तक्षेप बढ्ने खतरा रहेको बताए । नेता भट्टराइले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेर दुर्घटनाबाट बचाउनु पर्ने उल्लेख गरे ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा भट्टराईले जोड दिए । ओली समूह र कमल थापाको पार्टीवाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन गर्नु पर्ने भट्टराइले बताए । प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए भट्टराईले बताए ।

प्रकाशित मिति : शुक्रबार, माघ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij