बुटवल
सामाजिक क्षेत्रमा क्रियासिल लायन्स क्लब अफ बुटवलले आइतबार बुटवल उपमहानगर वडा न–४ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा पढने कक्षा ६ देखि १० सम्मका बिधार्थीहरुलाई दैनिक खाजा खुवाउन आइतबार बाट सुरु गरेको छ ।
लायन्स इन्टरनेशनल को हङग्र रिलिप तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल को बार्षिक कार्ययोजना अनुरुप र लायन्स बुटवलको स्कुल बेस कार्यक्रम अन्र्तगत चालु शैक्षिक सत्रमा खाजा खुलाउने भएको छ ।
बिद्यालयमा अध्ययन गर्ने करिव १ सय १५ जना बिद्यार्थीलाई खाजा खुवाउनको लागि बिद्यालयमा सञ्चालन गरिएको क्यान्टिनसंग आईतबार समझदारी पत्रमा हस्ताक्षर गरिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवालले बताए । लक्ष्मी माध्यमिक विद्यालयमा अधिकांश गरिव तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने बिद्यालयमा अध्ययन गर्न आउने अधिकांश बिद्यार्थीको दयनीय अवस्था देखेर खाजा खुवाउने लागेको सयोजक महेश प्रसाद श्रेष्ठक बताए । यद्यपी कोभिड–१९ महामारीका कारण बिद्यालय सञ्चालन नभएको र बिद्यालय खुलेलगत्तै यहि माघ महिनादेखि खाजा कार्यक्रम सञ्चालन गरिएको लायन्स क्लब बुटवलका अध्यक्ष संजय जयसवालले जानकारी गराए ।
त्यतै कार्यक्रमा बोल्दै लायन्स क्लवका डिष्ट्रिक गभर्नर एम.जे.एफ सम्भु नकर्मीले विपन्न परिवारका बालकालिकालाई लक्षित गरेर क्लवले बिद्यालयमा खाजा कार्यक्रम सञ्चालन गर्नु सह्रानीय रहेको बताउँदै डिष्ट्रिकबाट पनि सहयोग गर्ने प्रतिबद्ता गरे । कार्यक्रम अति नै प्रगति देखेर लायन्स बुटवलका पूर्व अध्यक्ष नवराज श्रेष्ठले रु २५ हजार ,क्लबका सदस्य दिनेश श्रेष्ठले रु २५ हजार , डिष्ट्रिक कोर्डिनेटर नवराज न्यौपानले रु १५ हजार,लुम्बिनी सहकारी बाट रु १५ हजार ,जोन चेयर पर्सन भेसराज शाक्य बाट रु ५ हजार सहयोग प्रदान गरेका छन । उत्त कार्यक्रमा पिस पोस्टर कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालमा द्वितीय भएका बुटवलका अविव्स भट्टराईलाई डिष्ट्रिक गभर्नर नकर्मीले पुरस्कार प्रदान गरेका थिए ।
उनी लायन्स क्लव अफ बुटवलले सञ्चालन गरेको सोही प्रतियोगितामा प्रथम भएका थिए । कार्यक्रममा फस लेडि मैया प्रधान ,पूर्व डिष्ट्रिक गभर्नर एम.जे.एफ महेन्द्रनारायण श्रेष्ठ ,क्लवका संस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, क्लवका पूर्व अध्यक्ष तथा, डिष्ट्रिक कोर्डिनेटरहरु नवराज न्यौपाने, सुनिता वजीमय, बुटवल ४ का कार्यवाहक वडा अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानाध्यापक शान्ता शर्मा, क्लवका सचिव प्रतिक पोखरेल लगायतले बोलेका थिए ।
प्रकाशित मिति : आइतबार, माघ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्