पाल्पा- पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीमा रहेको जावुने सामुदायिक वनमा काँचा सालका रुख काटिएको छ । जोगदमारमा पर्ने उक्त सामुदायिक वनमा १७ वटा काँचा सालका रुख काटिएका छन् ।
समाचार स्रोतका अनुसार जावुने सामुदायिक वन उपभोक्ता समूहकै केही पदाधिकारीको मिलेमतोमा यसै साता काँचा सालका रुख काटिएको हो । चोरले काटेको भन्ने बनाएर अर्को साल धेरै परिमाणमा काठ टेण्डर गर्ने उद्देश्यले रुख काटिएको नाम उल्लेख नगर्ने सर्तमा एक उपभोक्ताले बताएका छन् ।
उक्त सामुदायिक वनका अध्यक्ष डिलबहादुर खाच्चाले भने आफूहरुले रुख नकाटेको दावी गरेका छन । चोरले काटेको हुनसक्ने उनको भनाई छ । बल्ढेङगढी सव डिभिजन बन कार्यालका प्रमुख प्रदेशी चौधरीले रुख काट्ने दोषीलाई कारवाही गरिने बताएका छन् । दोषी पाईए वन उपभोक्ता समूहको कार्यसमिति नै कारवाहीमा पर्ने उनको भनाई छ ।
तराईतर्फको समतल क्षेत्रमा पर्ने यहाँका सामुदायिक बनमा यसअघि पनि रुख काटिने गरेका थिए । यहाँ ठेकेदारसंगको मिलेमतोमा रुख काट्ने र टेण्डरमार्फत काठ बेच्ने गरिन्छ । जावुने सामुदायिक वनमा यसअघिसम्म छिमेकी गाउँ रुपन्देहीको झिमझिमेका एक ठेकेदारले टेण्डर लिने गरेका थिए ।
भिडियो पनि ।
प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्