निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह

निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग पुगेको छ । पार्टी आधिकारिकता दाबीको पत्र बोकेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरु बिहान निर्वाचन आयोग पुगेका हुन् ।

साथमा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु छन् । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने प्रचण्ड-नेपाल समूहको माग छ । सो समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

यसअघि ओली र प्रचण्ड-नेपाल पक्षले फरक-फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन । प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित बनेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij