JanataToday.com

Advertisment

SKIP THIS

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको सरकारसंग माग

प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउन प्रदेश ५ शेयर लगानीकर्ता फोरमको सरकारसंग माग

बुटवल

बुटवल केन्द्रिय कार्यालय रहेको प्रदेश ५ शेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर शेयर बजार विकास र विस्तार सम्बन्धी माग राखेका छन् । मंगलवार अर्थमन्त्रालयमा भएको कार्यक्रममा प्रदेश ५शेयर लगानीकर्ता फोरमले अर्थमन्त्रीलाई भेटी वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु पर्ने, प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउने पर्ने, धितोपत्र बोर्ड र नेप्सेलाई प्रदेश स्तरमा पनि उपस्थिती गराउनु पर्ने, पूर्ण स्वचालित अनलाईन कारोवार प्रणालीको निर्माण, समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई कारवाही र लिलामी शेयर खरिद गर्नको लागि अनलाईन प्रणालीको निर्माण गर्न माग राखेको छ ।
त्यस्तै फोरमले अर्थमन्त्री विष्णु पौडेलको कार्याकालमा शेयर बजारले ऐतिहासिक रेकर्ड बनाउदै गएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि शेयर बजार विकासका लागि शुभकामना दिएको छ ।
कार्यक्रममा सहभागी प्रदेश ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीका अनुसार कार्यक्रममा फोरमले उठाएका माग प्रति अर्थमन्त्री सकारात्मक रहनु भएको छ ।
माग सहित कार्यक्रममा प्रदेश ५ शेयर लगानीकर्ता फोरमका तर्फबाट अध्यक्ष तिवारी, गोपी राज भुसाल र दिनेश गैरेको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, माघ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij