पाल्पा ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताएका छन।आज पुर्वि पाल्पाको रामपूरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले पहिले संविधान बचाउनुपर्ने र त्यसपछि मात्र चुनावमा जान सकिने बताएका हुन।
अहिले संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उनले संविधानै नरहे चुनाव नहुने भएकाले पहिले संविधान बचाएर मात्रै चुनावमा जाने बताउए ।‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ उनले भने, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’
यतिबेला चुनाव लड्ने हो भने कांग्रेसलाई फाइदा होला तर विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको उनको भनाइ थियो । ‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ पौडेलले भने । यसअघि वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन पाल्पाले राखेको पत्रकार भेटघाटमा बोल्दै प्रतिनिधिसभा विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई धरासायी पार्ने बाहेक केही नगरेको बताएका थिए ।पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकेको टिप्पणी गरे ।
नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै पौडेलले प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको बताए ।
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्