शुभकामना दिँदै आन्दोलित हुन आह्वान

शुभकामना दिँदै आन्दोलित हुन आह्वान

काठमाडौँ । विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले तामाङ र शेर्पा समुदायलाई आन्दोलित हुन आह्वान गरेका छन् । शुक्रबार (आज) परेको तामाङ समुदायको सेनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसारको शुभकामना दिँदै अध्यक्षद्वय दाहाल–नेपालले यस्तो आह्वान गरेका हुन् ।

दाहाल–नेपालले तामाङ–शेर्पा समुदायका अधिकार कुण्ठित गर्न खोजिएको उल्लेख गर्दै असंवैधानिक कदमविरुद्ध आन्दोलित हुनुको विकल्प नरहेको स्मरण गराएका हुन् ।

पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हकअधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भएको उल्लेख गर्दै दाहाल–नेपालले भनेका छन्, ‘हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन ।’

गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस शीतल निवासबाट सदर भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको तीव्र आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij