सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठसहित]

सरकारको तीन वर्षे उपलब्धि [पूर्णपाठसहित]

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बितेका तीन वर्षको उपलब्धि सन्तोषजनक भएको दाबी गरेका छन्। सरकार गठन भएको ३ वर्ष पूरा भएको अवसरमा सिंहदरबारमा प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्री ओलीले तीन वर्षको अन्तरालमा देशले हासिल गरेका उपलब्धिहरु सन्तोषजनक भएको बताएका हुन्।

सरकार गठनको समयदेखि नै विभिन्न अवरोधहरू सहनुपरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा केही अप्ठ्याराहरुको सामना गर्दै प्रशस्त उपलब्धि हासिल गरेको दाबी गरेका छन्।

सरकारको पहिलो वर्षको कार्यभारलाई ‘राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्ष’ मानेको बताउँदै उनले संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सफल भएको दाबी गरे।

‘प्रस्तुत कामको फेहरिस्त हामीले गरेका सम्पूर्ण कामको विवरण होइन, मोटामोटी जानकारीमात्रै हो’ ३ वर्षे उपलब्धिहरू सुनाउने क्रममा ओलीले भने, ‘प्राप्त उपलब्धिहरुको आधारमा पनि नेपाल बन्छ र बनाउन सकिन्छ भन्ने मेरो आत्मबल अझै दृढ छ।’

सम्बोधनको पूर्णपाठ

प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij