अर्घाखाँची ।
ऊर्जा‚ जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायामाझीले नौमुरे जलविद्युत् आयोजनाको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताएका छन्।
शितगंगा-६ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री रायमाझीले वर्षौंदेखि निर्माण कार्य अलपत्र रहेको २४५ मेघावाटको नौमुरे जलविद्युत् आयोजना चाँडै पूरा हुने बताएका हुन् । उनले मन्त्रालयको कार्यभार सम्हालेलगत्तै नौमुरे जलविद्युत आयोजनाको फाइल झिकाएर हेर्न थालेको समेत बताए।
मन्त्री रायामाझीले ठाडा अमराई र सन्धिखर्कमा निर्माणधीन दुई ठूला सबस्टेशन बनेपछि करिब साढे दुई महिनाभित्र अर्घाखाँचीमा पटकपटक बिजुली जाने समस्या अन्त्य हुने आश्वासन दिए। जिल्लाको हरेक बिकासका काममा केन्द्रको मुख ताक्नु भन्दा स्थानीय‚ प्रदेश र केन्द्र तीनै तहका सरकारले आ-आफ्नो हैसियतअनुसार मिलेर गर्नुपर्ने सुझाव दिए।
लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले ठूला विकासका योजना पूरा हुन वर्षौ लाग्ने भन्दै जनतालाई विकासको फल चाख्न धैर्य गर्न आग्रह गरे।
प्रकाशित मिति : सोमबार, फाल्गुन ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्