काठमाडौँ ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। फागुनमा तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए।
दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक सुरु भएको थियो। पौडेल पक्षले जेठमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि अन्ततः सभापति शेरबहादुर देउवाको चाहनाअनुसार नै भदौमा महाधिवेश हुने भएको हो।
कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो। कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले यही फागुन १९ सम्म कार्यकाल बढाएका थिए। उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ।
संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने बाध्यामत्क व्यवस्थाअनुसार कांग्रेसले त्यो अवधि पनि सकिने अन्तिम म्यादमा महाधिवेशन गर्ने भएको हो।
यसपटक कांग्रेस शत प्रतिशत क्रियाशिल सदस्यता थप्ने निर्णय गरेको छ। अधिकांश जिल्लाबाट क्रियाशिलको फारम आइपुगे पनि केही जिल्लाबाट आउन बाँकी रहेको छ। त्यसलाई छिटो छानबिन गर्ने निर्णय बैठकले गरेको हो। बैठकले बैतडी घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरमा ल्याउन माग गरेको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्