काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
यो समूहले आफ्नो केन्द्रीय सदस्यहरुलाई सक्कल नागरिकतासहित पेरिसडाँडामा भेला हुन भनेको छ । त्योभन्दा अगाडि स्थायी समितिको बैठक बस्न लागेको हो । ‘आज साथीहरु आउँदै हुनुहुन्छ’, नेतृ शाक्यले भनिन्, ‘को–को आउनुहुन्छ । त्यस्तो खासै यही एजेण्डा भन्नै छैन । वर्तमान स्थितिबारे जानकारी दिने हो । किनकी, सबै साथीहरु गाउँ–गाउँ कुदिरहनुभएको छ । सबैले स्थितिबारे थाहा त पाउनुपर्यो नि ।’
बैठकपश्चात् निर्वाचन आयोग जानेबारे भने बैठकमै छलफल हुने नेतृ शाक्यको भनाइ छ । ‘त्यसबारे अहिल्यै पक्का भइसकेको छैन’, नेतृ शाक्यले भनिन् ‘बैठक छलफल हुन्छ । अनि थप कदम चालिन्छ ।’
यो समूहले बिहीबार साँझ अकस्मात् रुपमा आफ्ना सदस्यहरुलाई एसएमएसमार्फत् जम्मा हुन निर्देशन दिएको थियो । सो अनुरुप अहिले पेरिसडाँडामा स्थायी समिति सदस्यहरु जम्मा हुने क्रम जारी रहेको छ ।
गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दुई चिरा बनेको नेकपाले आ–आफ्नै कोणबाट राजनीतिक कार्यक्रमहरु अगाडि बढाइरहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्