सार्बजनिक लेखा समिति सभापति शाहद्धारा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना

सार्बजनिक लेखा समिति सभापति शाहद्धारा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना

सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहले फागुन ७ गतेलाई कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा स्मरण गर्दै शुभकामना व्यक्त गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि यो दिनले निर्माण गरेको बताएका हुन्। उनले ऐतिहासिक जन–क्रान्तिले १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको धारणा राखेका छन्। ‘७० वर्ष अघि २००७ को कार्तिक २६ गतेदेखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो।’ शुभकामना सन्देशमा भनिएको छ,‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको थियो। मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो।’ उनले गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्तिनै भएको स्पष्ट पारेका छन्।‘समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्तिनै हो।’ शाहले भनेका छन्, ‘अतः ऐतिहासिक त्यो घडी संभव तुल्याउने सहिदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान व्यक्त गरेका छन ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij