बुटवल
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आसन्न साधारण सभा तथा अधिवेशनको तयारी पुरा भएको संघले जनाएको छ । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशन यहि फागुनको १० देखि १३ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिरमा हुँदैछ । संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले साधारण सभामा प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन तथा यस क्षेत्रका समसामयिक समस्या तथा सम्भावनाका सम्वन्धमा तयार गरिएको प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै साधारण सभाको लागि सदस्य उद्योगी व्यबसायी तथा अतिथिहरुलाई निमन्त्रणा पत्राचार गरिसकिएको संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराए । साधारण सभा तथा अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्घाटन गर्नेछन भने त्यसै अवसरमा संघले स्थापना गरेको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै उद्योगी व्यबसायीलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ ।
२०१० साल फागुन १० गते स्थापना भएको बुटवल उद्योग बाणिज्य संघको सोही दिन स्थापना दिवस पनि परेको छ । संघको स्थापना दिवसको अवसरमा ९ र १० गते स्थापना दिवस बिशेष कार्यक्रमको तयारी समेत गरिएको छ । स्थापना दिवसको अवसरमा भोली आईतबार बिहान संघको सचिवालय परिषरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै पूर्वशन्ध्यामा साँझ दीपावली कार्यक्रम गर्ने तयारी भएको महासचिव श्रेष्ठले बताए दिवसको अवसरमा गर्दै आएको एकजना पूर्व अध्यक्ष सम्मान यो वर्ष पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई प्रदान गर्न लागिएको छ भने बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्क बेन्च प्रदान गरिने उनले जानकारी गराए । स्थापना दिवसको अवसरमा प्रदान गरिने पूर्व अध्यक्ष सम्मान र बुटवल माध्यमिक बिद्यालयलाई प्रदान गर्ने डेस्क बेन्च साधारण सभा बिशेष कार्यक्रममा प्रदान गरिने उनले जानकारी गराए । त्यस्तै अधिवेशन अन्तगरत निर्वाचनको तयारीको कामहरु समेत पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्