JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघको ६७ औं वार्षिक साधारण सभा

बुटवल उवासंघको ६७ औं वार्षिक साधारण सभा

उद्योगी व्यबसायीका समस्या समाधानको लागि भिजन पेपर : अध्यक्ष गोल्छा

बुटवल-नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यबसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताउनु भएको छ । मुलुकको अर्थतन्त्रको सुचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पु¥याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उहाँले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अरु संस्थाहरुसंग समेत छलफल भईरहेको जानकारी गराउनु भयो । आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराउनु भयो ।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यबसायिक संस्थाहरु बिच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यबसायको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै बिशेषगरी बैंकिङ्, राजश्व, श्रमको समस्यामा परेका व्यबसायीहरुलाई राहतको काम गर्ने उल्लेख गर्नुभयो । त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्स केन्द्रले उद्योग व्यबसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्बोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्धा सर्बोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गर्नुभयो ।
उहाँले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याउनु भयो ।
त्यस्तैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भएपनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गर्नुभयो । सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले उद्योग व्यबसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताउनु भयो ।
उपाध्यक्ष गौतमले उद्योगी व्यबसायीका समस्या समाधानको लागि व्यबसायी र संघीय सरकारको बिचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यबसायिक संस्थाहरुले समेत पहलकदमी गर्न आग्रह गर्नुभयो । उहाँले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ् गरेको र त्यसलाई संघीय सरकारमा पहल भईरहेको समेत जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले यस क्षेत्रका उद्योगी व्यबसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij