काठमाडौं –सर्वोच्च अदालतले संसद (प्रतिनिधिसभा) विघटन सम्बन्धी मुद्दाको पेसी आज (मंगलबार)लाई तोकेको छ ।
यसअघि नै बहस सकिएको विघटनविरुद्धको मुद्दामा सर्वोच्चले पेसी भने आजलाई तोकेको हो । मुद्दामा माघ ४ गतेबाट निरन्तर सुनुवाइ भएको थियो । मुद्दाको बहस गत शुक्रबार सकिएको हो । मुद्दाको अन्तिम फैसलामा जुटेको सर्वोच्च अदालतले अब चाँडै निर्णय सुनाउने तयारी गरिरहेको छ ।
सर्वोच्चले फैसला छिट्टै गर्नका लागि १० फागुनसम्म आफ्नो बहस नोट बुझाउन बहसकर्तालाई समय तोकेको थियो । सो मितिमा सबै कानुन व्यवसायीले आफ्नो बहस नोट बुझाइसकेका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा गम्भीर संवैधानिक प्रश्न उठेपछि अदालतले एकिमस क्युरी (अदालतको सहयोगी) समेत राखेर परामर्श लिएको थियो ।
प्रतिनिधिसभा विघटनको विषयमा गम्भीर संवैधानिक प्रश्न उठेको भन्दै अदालतले गत पुस १० गते एमिकस क्युरी झिकाउने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध १२ वटा रिटको सुनुवाइमा पक्ष र विपक्षीको मत सुनेपछि एमिकस क्युरीको राय लिइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी हुन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्