ओली समूहको स्थायी समिति बैठक स्थगित

ओली समूहको स्थायी समिति बैठक स्थगित

काठमाडौँ – आज (बिहीबार) बस्ने भनिएकाे प्रधानमन्त्री केपी शर्मा ओली पक्षको स्थायी समिति बैठक स्थगित भएकाे छ ।

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक अवस्था र रणनीतिबारे छलफलका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय बैठक डाकिएको थियाे । तर नेताहरूकाे व्यस्तताका कारण आजकाे बैठक स्थगित गरिएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए । बैठक कहिले बाेलाउने टुंगाे लाग्न बाँकी रहेकाे उनले बताए ।

बुधबार पनि ओली समूहको स्थायी समितको बैठक बसेको थियो । बैठकमा सर्वोच्चको फैसलालाई सम्मान गर्ने, १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने र केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने लगायतको निर्णय भएको थियो ।

सर्वोच्च अदालतले गएको मंगलबार प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै संसद पुनःस्थापना गर्ने फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय बदर हुने फैसला गरेको हो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij